पछिल्लो २४ घण्टामा देशभर २५९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयाेगशालामा १० हजार ४८७ जनाकाे नमुना परीक्षण गर्दा २५९ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
यसैगरी पछिल्लाे २४ घन्टामा थप ३ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।
यही अवधिमा ३३७ जना काेराेनामुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९९७ जना रहेको छ । जसमध्ये ५ हजार ७२० जना होम आइसोलेसनमा र २७७ जना संस्थागत आइसोलेसनमा रहेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।