नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कुनै पनि पार्टीले एक्लै हिँड्ने प्रयत्न गरे अहंकार मात्रै हुने बताएका छन् ।
शुक्रबार नेपाली कांग्रेसको महाधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले प्राप्त उपलब्ध पनि सामूहिक रुपमा हासिल गरेको र आगामी दिन पनि कसैले एक्लै हिडे अहंकार मात्रै हुने उनले बताए ।
उनले सत्ता साझेदारमा रहेका दलहरूप्रति संकेत गर्दै यस्तो बताएका हुन् । आउँदै गरेको स्थानीय तहको निर्वाचन, प्रदेश र संघको निर्वाचनलाई समेत लक्षित गर्दै उनले सबै सँगै जानु पर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।