उद्घाटन भाषणमै सिटौलाले मागे प्रदीप पौडेललाई भोट
फरकधार / २४ मंसिर, २०७८

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले लोकतन्त्रको रक्षा गर्न कांग्रेसले आचरण व्यवहार र शैली परिवर्तन गर्नुपर्ने बताएका छन् । 



महािधवेशन उद्घाटनमा युवाका तर्फबाट भन्दै उनले नेता प्रदीप पाैडेललाई अघि सार्दै भाेटसमेत मागेका छन् । 

१४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै सिटौलाले पार्टीलाई जनताको नजरमा समुन्नत बनाइ आगामी निर्वाचनमा पहिलो पार्टी बन्नुपर्ने बताएका छन् । यसका लागि नेतृत्व बलियो बन्नुपर्ने उनको भनाइ छ ।



उनले कांग्रेसले मात्र देश राम्रो बनाउने दाबी पनि गरे । उनले पार्टीलाई युवापुस्तामा हस्तान्तरण गर्ने वेला भएको पनि बताए । 



सो अवसरमा बोल्दै नेता शशांक कोइरालाले कांग्रेस नीति छोडेर नेतृत्वमा केन्द्रीत हुनु दुखद भएको भन्दै त्रुटीहरु सुधारेर संविधान कार्यान्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए । 
उनले धर्म निरपेक्ष देश नहुने भन्दै संविधानमा धर्म स्वतन्त्र राख्ने विषयमा कांग्रेसले पहल गर्नुपर्ने बताए । 

  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १७:४३:५१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया