कांग्रेस महाधिवेशन : पुरानै भोटिङ प्रणाली, मतदान गर्न घन्टाैं लाग्ने

नेपाली कांग्रेसले पुरानै प्रणालीमा मतदान गर्ने भएको छ । मतदाताहरूले कागजी मतपत्रमा छाप लगाएर मतदान गर्नुपर्ने छ ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान गर्न मेसिनको प्रयोग गरेका भए पनि कांग्रेसले भने मतपत्रको प्रयोग गर्ने भएको छ ।

मानिसहरू दिनहुँ प्रविधिमैत्री बनिरहेको अवस्थामा कांग्रेसले भने १४औं महाधिवेशनमा पुरानै प्रक्रिया अवलम्बन गर्न लागेको हो ।

शनिबारदेखि हुने मतदानमा चार हजार ६०० प्रतिनिधिले मतदान गर्ने छन् । एक जनालाई लामो कागजी मतदान गर्न २० मिनेटदेखि ४५ मिनेटसम्म लाग्ने बताइएको छ । जसले गर्दा मतदान प्रक्रिया निकै लम्बिन सक्ने अनुमान गरिएको छ ।

मतदान प्रक्रियामा पुरानै प्रवृत्ति अपनाएको कांग्रेसले महाधिवेशनको उद्घाटन सत्रमा भने प्रविधिमैत्री बन्ने भन्दै एप नै सार्वजनिक गरेको छ ।





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १८:६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया