संविधानमा त्रुटि छ, धर्म निरपेक्षता ठीक होइन : शशांक

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधानमा भएको ‘धर्म निरपेक्षता’ शब्द बेठीक भएको बताएका छन्। 

कांग्रेस महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘धर्म निरपेक्षता शब्द ठीक होइन। धर्म निरपेक्ष हुँदैन, न सापेक्ष हुन्छ। धर्म त स्वतन्त्र हुन्छ।’

संविधानमा केही त्रुटि भएको उल्लेख गर्दै उनले भने, ‘संविधान लकिरको फकिर हुँदैन। परिवर्तनीय हुन्छ ।’

हाइड्रो, कृषि र पर्यटन हाम्रो शक्ति भएको भन्दै सरकारको ध्यान त्यसतर्फ जानुपर्ने उनको भनाइ थियो।

उनले जारी महाधिवेशनबाट कांग्रेसको नेतृत्वमा अब युवाहरु आउने बताए । 





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १८:१२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया