बलियो कांग्रेसलाई खुन दिन आएको हुँ : विजयकुमार गच्छदार

नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारले आफूले थाकेर नभई बलियो कांग्रेसलाई खुन दिन पार्टी एकता गरेको बताएका छन् ।

उनले कांग्रेसको १४औं महाधिवेशनको उद्घाटनसत्रमा बोल्दै जय नेपालको नारालाई देशव्यापी बनाउन आएको धारणा राखेका हुन् ।

'ती वर्षअघि महासमिति बैठकमा दुवै नेता मिल्नुस्, गुटले कम्युनिस्टसँग जित्न सकिँदैन भनेको थिए । तर, मैले भनेको नमान्दा आजको परिणाम देखियो,' उनले भने । 

उनले नेता कार्यकर्ताहरूलाई स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धा गर्न आग्रह गरेका छन् । 'अस्वस्थ प्रतिस्पर्धा नगर्नुस् । म पनि स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन पहल गर्छु । एकताबद्ध भएर कांग्रेसमा आएको छु,' उनले भने । 

पार्टीमा मेलमिलाप र सहमतिको वातावरण बनाउनुपर्ने गच्छदारको धारणा छ । उनले कांग्रेसलाई एक ढिक्का बनाउन आवश्यक रहेको बताएका छन् ।





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १८:२५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया