प्रदेश २ का ४ जिल्लामा लोसपाका जिल्ला अध्यक्ष चयन

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रदेश २ का ८ मध्ये ४ जिल्लामा जिल्ला अध्यक्ष चयन गरेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरले शुक्रबार प्रदेश २ का धनुषा, महोत्तरी, बारा र पर्सामा जिल्ला अध्यक्ष चयन गरेका हुन् । 

पार्टीको धनुषा जिल्ला अध्यक्षमा परमेश्वर साह, महोत्तरी जिल्ला अध्यक्षमा रामबाबु साह, बारामा नवल किशोर सिंह र पर्सामा पुरुषोत्तम झालाई मनोनयन गरिएको छ । चारैजनालाई लोसपा नेपालको अन्तरिम विधान अनुसार जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको हो । 

लोसपाले प्रदेश २ का बाँकी चार जिल्ला सर्लाही, रौतहट, सिरहा र सप्तरीमा चाँडै जिल्ला अध्यक्षहरु चयन गरिने जनाएको छ । 

अध्यक्ष ठाकुरले धनुषा र महोत्तरीको पर्यवेक्षक तोकेका छन् । उमाकान्त झालाई धनुषा र अभिराम शर्मालाई महोत्तरी जिल्लाको पर्यवेक्षकको जिम्मेवारी दिइएको छ । 





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १८:३३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया