नेपाली कांग्रेसको बन्दसत्र साढे सात बजेबाट सुरु हुने भएको छ । कांग्रेस १४औं महाधिवेशनअन्तर्गत उद्घाटनसत्र समापन भएसँगै केही बेरमै कांग्रेसले बन्दसत्र सञ्चालन गर्ने भएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबारदेखि निर्वाचन प्रक्रियामा जानुपर्ने भएकाले साढे सात बजेतिर बन्दसत्र सुरु हुने बताएका छन् । उनले बन्दसत्रमा सबै महाधिवेशन प्रतिनिधिहरूलाई सहभागी हुन आग्रह गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।