साझा उम्मेदवार छान्न कांग्रेस संस्थापनइतर फेरि छलफलमा जुट्यो

नेपाली कांग्रेसको संस्थापनइतर पक्षबाट सभापति पदका दाबेदारहरू साझा उम्मेदवार तय गर्न फेरि छलफलमा जुटेका छन् । 

१४ औं महाधिवेशनको खुला सत्र सकिएलगत्तै उनीहरू बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा पुगेका थिए । उनीहरूको छलफल साझा उम्मेदवार तयार गर्ने विषयमा केन्द्रित छ । 

संस्थापनइतर पक्षबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका नेता नरेन्द्रकुमार केरुङका अनुसार कुनै न कुनै नेताको नाममा सहमति जुटाएर एक्लो उम्मेदवार तयार गर्ने अन्तिम कसरत भएको हो । 

मनोनयन दर्ता गर्नु सयम केही घण्टा मात्रै बाँकी छ । यद्यपि, इतर पक्षमा साझा उम्मेदवारमा सहमति जुटेको छैन । 

सभापति पदका दाबेदारहरू वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला छन् ।





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १९:४९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया