नेपाली कांग्रेसको निर्णायक धार मानिएको कृष्ण सिटौला समूह आन्तरिक छलफलमा जुटेको छ ।
सो समूहलाई केन्द्रीय महाधिवेशनमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुवै पक्षले सहकार्यको प्रस्ताव गरेको छ ।
सिटौला समूह पार्टी महाधिवेशनको उद्घाटन सत्र सकिएसँगै भृकुटीमण्डप क्षेत्रमा आन्तरिक छलफलमा जुटेको हो ।
आजको छलफलले आफ्नो समूहबाट चुनावी प्रक्रियामा सहभागी हुने नेताहरुको नाम टुंगो लगाउने बताइएको छ ।
सिटौलाले आफूलाई साथ दिनेहरूलाई स्थापित गरिछाड्ने बताउँदै आएका छन् । यसपटक उनले महामन्त्रीको रुपमा प्रदीप पौडेललाई अघि सारेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।