ससुराबाट पटक-पटक बलात्कार, बच्चा रहेपछि न्यायको खोजीमा बुहारी

बैतडीमा बुहारीमाथि ससुराले पटक-पटक बलात्कार गरेको घटना सार्वजनिक भएको छ। जिल्लाको सिगास गाउँपालिका ५ मा ससुराले आफ्नै बुहारीलाई पटक–पटक बलात्कार गरेको घटना सार्वजनिक भएको हो। 

बलात्कारपछि पेटमा बच्चा बसेको र पीडित बुहारी न्यायको खोजीमा जिल्ला सदरमुकाम पुगेपछि घटना सार्वजनिक भएको हो। आफ्नै ससुराले जबरजस्ती गरेपछि बच्चा बसेको र कसैलाई भने मारदिने​ भन्ने धम्की आएपछि आफूले घटना लुकाउन बाध्य भएको महिलाको भनाइ छ। 

ससुराले पटक–पटक बलात्कार गरेपछि गर्भ रहेकी ती महिला प्रहरीमा पुगेकी थिइन्। तर, प्रहरीले कानुनअनुसार मुद्दा दर्ता गर्न नमिल्ने बताएको छ। यो मुद्दा हाडनाता करणीको भएकाले आफूले अदालतमा जान सुझाएको प्रहरीले जनाएको छ। 

यता, पीडित महिला मुद्दा दर्ताका लागि अदालत पुगे पनि कागजात नपुग्दा मुद्दा दर्ता नभएको बताइएको छ। गत वर्ष यिनै पीडित महिलाकी छोरीमाथि सामूहिक बलात्कार भएको थियो । सामूहिक बलात्कारबाट गर्भवती बनेकी उनकी छोरीले समेत बच्चा जन्माएकी छन्। 

छोरीको बलात्कारमा संलग्न आरोपमा ४ जना पक्राउ परे पनि दुईजना छुटिसकेका छन्। सो बलात्कारका मुख्य आरोपी छुटेको पीडित महिलाको गुनासो छ। आफूमाथि यौनशोषण गर्ने ससुरामाथि कारबाही हुनुपर्ने उनको माग छ।





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार २०:४०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया