नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ ।
शुक्रबार भृकुटीमण्डपमा उद्घाटन सत्र सकिएसँगै बन्दसत्र सुरु भएको हो । राति ८ बजेबाट सुरु गर्ने भनिए पनि ढिला गरि बन्दसत्र सुरु भएको हो । प्रधानमन्त्री एवं सभापति बन्दसत्र स्थलमा प्रवेश गरेका छन् । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने बन्दसत्रमा उपस्थित छैन ।
पौडेल पक्ष सभापतिमा साझा उम्मेदवार चयनका लागि बत्तीसपुतली स्थित अनुपम फुडल्याण्डमा छलफलमा रहेको छ । बन्दसत्रमा कोषाध्यक्ष सितादेवी यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।