कांग्रेस सहमहामन्त्रीमा मानबहादुरको उम्मेदवारी घोषणा
फरकधार / २४ मंसिर, २०७८

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सह–महामन्त्री पदमा मानबहादुर विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन् । सह–महामन्त्री पदका आठवटा कलस्टरमध्ये विश्वकर्माले दलिततर्फ दाबी रहेको हो । 



दुई दशकदेखि कांग्रेस केन्द्रीय सदस्य रहेका विश्वकर्मा नेपाली कांग्रेसको ११औं, १२औं र १३औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य थिए । त्यस्तै उनी पार्टीको भातृ संगठन नेपाल दलित संघको संस्थापक अध्यक्षसमेत हुन् । 

दुईपटक सांसद तथा पूर्ववातावरण, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका विश्वकर्मा पार्टीको नीति तथा प्रशिक्षण विभागको पूर्वप्रमुख पनि हुन् । 



त्यस्तै कांग्रेसको विधान समिति र संसदीय समितिसमेत रहिसकेका विश्वकर्मा पूर्णकालीन राजनीतिमा प्रवेश गर्नुअघि त्रिभुवन विश्वविद्यालयमा दुई दशकसम्म प्राध्यापन गरेका थिए । 



लामो समयसम्म अमृत साइन्स क्याम्पसमा प्राध्यापन गरेका विश्वकर्मा मन्त्री हुँदा पनि प्राध्यापनलाई निरन्तरता दिई चर्चामा आएका थिए । काठमाडौं विश्वविद्यालयको स्थापना गर्न भूमिका खेलेका विश्वकर्मा नेपाल परिवार नियोजन संघको महासचिवसमेत रहेका थिए । 
 

  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार २१:१८:२१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया