आफूलाई सर्वसम्मत अध्यक्षको उम्मेदवार नबनाए राजनीतिबाटै सन्न्यास लिने पौडेलको घोषणा

नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक अहिले बत्तीसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा बसिरहेको छ । 

साझा उम्मेदवार तयार गर्न बसेको पौडेल समूहको बैठक अझै निष्कर्षमा पुग्न सकेको छैन । 

यसअघि महामन्त्री शशांक कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेलले सहमतिका लागि आफूहरु त्याग गर्न तयार रहेको बताएका थिए ।

शेखर कोइराला र प्रकाशमान सिंहले आफ्नो उम्मेदवारीबाट पछि हट्न नमानेपछि पौडेल पक्ष अन्तिम छलफलमा जुटेको हो । 

आजको छलफलमा पौडेलले आफूलाई सर्वसम्मत उम्मेदवार नबनाए राजनीतिबाटै सन्न्यास लिने घोषणा गरेको बैठकमा सहभागी एक नेताले बताए । 





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार २१:३१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया