कांग्रेस महाधिवेशनअन्तर्गत बन्दसत्र सम्पन्न भएको छ । बन्दसत्रमा रामचन्द्र पौडेल पक्ष भने सहभागी भएन ।
शुक्रबार राति संगठन प्रतिवेदन, आर्थिक प्रतिवेदन र विधानमा अड्काउ फुकाउसम्बन्धी प्रस्ताव पारित गर्दै बन्दसत्र सम्पन्न भएको हो ।
अब शनिबार बिहान १० देखि साँझ ५ बजेसम्म उमेदवार मनोनयन दर्ता हुनेछ ।
उमेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझका लागि भोलि साँझ ५ देखि ७ बजेसम्मको समय छुट्याइएको छ ।
दाबी–विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।