\
आज राति नेपाल टेलिकमले शुक्रबार राति सिस्टममा समस्या आउनसक्ने जनाएको छ । सिस्टम मर्मत सम्भारका कारण समस्या हुनसक्ने भन्दै टेलिकमले आफ्ना प्रयोगकर्तालाई पूर्वजानकारी दिएको हो ।
कम्पनीका अनुसार बिलिङ सिस्टमको नियमित मर्मत सम्भारका क्रममा राति ११ः३० देखि करिब एक घण्टासम्म केही सेवाहरू अवरुद्ध हुन सक्नेछ । जसमा प्याकेज सब्स्क्रिप्सन, भोल्युम तथा ब्यालेन्स सोधपुछ जस्ता सेवाहरू प्रभावित हुन सक्नेछन् ।
‘यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधाको लागि कम्पनी क्षमाप्रार्थी छ,’ कम्पनीले भनेको छ । यद्यपि त्यस बाहेकका सेवाहरू भने यथावत् रुपमा सुचारु रहने कम्पनीले बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।