एनआरएनएकाे निर्वाचनमा ‘सेल्फी भोटिङ प्रणाली’ लागू हुने

डिसेम्बर अन्तिम साता हुने गैरआवासीय नेपाली संघको निर्वाचनमा प्रयोग हुने ‘सेल्फी भोटिङ प्रणाली’ को सफल परीक्षण गरिएको छ ।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार अष्ट्रेलियाली कम्पनी भेरो भोटिङले विकास गरेको सेल्फी भोटिङ प्रणाली सफलतापूर्वक परीक्षण गरिएको हो ।

सो प्रणाली अन्तर्गत गैरआवासीय नेपाली संघको स्मार्ट एनआरएनए एप मार्फत दर्ता भएका प्रतिनिधिले मतदान गर्नु भन्दा अघि आफ्नो सेल्फी मार्फत मतपत्र खोलेर मात्र आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न पाउने छन् ।

गैरआवासीय नेपाली संघका ३३ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले सो सुविधा पहिलो पटक प्रयोग गर्न पाउने भएका छन् । संघका अनुसार हाल सम्म ७५ प्रतिशतभन्दा बढी प्रतिनिधिले स्मार्ट एनआरएनए डाउनलोड गरेर सेल्फी दिएका छन् ।  

संघको निर्वाचन समितिले डिसेम्बर २६–२७ मा हुने एनआरएनएको निर्वाचनमा भाग लिन सेल्फी अनिवार्य गरेको छ ।





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार ६:२४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया