हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश-१ को पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति देशको पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना छ । भोलि सुदूरपश्चिम कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
देशभर चिसो बढ्नेक्रम जारी रहेकाले सतर्कता अपनाउन पनि मैसमविदले अनुरोध गरेका छन् ।
‘देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन अनुरोध छ । तसर्थः सम्पूर्णलाई अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिनु हुनसमेत अनुरोध छ,’ महाशााखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।