बेलायतमा ५८ हजार काेराेना संक्रमित थपिँदा ४४८ जनामा ओमिक्रोन पुष्टि

बेलायतमा एकैदिनमा करिब ५८ हजार बढी व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ५८ हजार १९४ संक्रमित फेला परेका छन् ।

बेलायतमा हालसम्म कोरोना संक्रमितको संख्या १ करोड ७ लाख १९ हजार १६५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र थप ४४८ जनामा ओमिक्रोन पुष्टि भएको छ । योसँगै बेलायतमा ओमिक्रोन संक्रमितको संख्या १ हजार २६५ पुगेको छ ।

यसैगरी, कोरोनाका कारण त्यहाँ गत २४ घण्टामा १२० जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४६ हजार २५५ पुगेको छ ।   





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार ७:३२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया