यु-१९ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा साँझ पौने सात बजे सुरु हुनेछ ।
नेपाल बंगलादेशविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रनेछ । सिंगल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा पाँच टोलीको सहभागिता छ ।
आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंका सहभागी छन् । शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् ।
नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध १५ डिसेम्बरमा खेल्नेछ । नेपालले तेस्रो खेल भुटानसँग १७ डिसेम्बर र चौथो तथा अन्तिम खेल भारतविरुद्ध १९ डिसेम्बरमा खेल्नेछ ।
फाइनल २२ डिसेम्बरमा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।