अवधारणा सार्वजनिक गरेर सभापतिमा उम्मेदवारी दर्ता गर्दै सिंह
फाइल तस्बिर

कांग्रेस नेता प्रकाशमान सिंहले आज नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारीसँगै अवधारणापत्र सार्वजनिक गर्ने भएका छन् ।

उनले बिहान १० बजे सिंहदरबार मूल गेट अगाडि ट्राफिक कार्यालयसँग रहेको स्काइ बैंक्वेटस्थित सम्पर्क कार्यालयमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको उनका सहयोगी युपी लामिछानेले जानकारी दिए ।

‘अवधारणासँगै सभापतिमा उम्मेदवारी घोषणा गर्दै हुनुहुन्छ । त्यहीँबाट उम्मेदवारी दर्ताका लागि जाने कार्यक्रम छ,’ लामिछानेले भने ।

केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यसहित १ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको कार्यतालिका छ । मनोनयन राष्ट्रिय सभागृहमा हुनेछ ।

संस्थापनइतरले सभापतिमा साझा उम्मेदवारको कसरत गरे पनि योजना सफल हुन सकेको छैन । हालको समीकरण अनुसार इतर समूहबाट सिंह र शेखर कोइराला चुनावी मैदानमा उत्रिने देखिन्छ । संस्थापन पक्षबाट भने सभापति शेरबहादुर देउवा पुनः सभापतिका उम्मेदवार बन्दैछन् ।

उनले शुक्रबारको उद्घाटनसत्रमै मतदातासँग अपील गर्दै भोट दिन आग्रह गरे । उनलाई नेता कृष्णप्रसाद सिटौला पक्षले पनि साथ दिने भएको छ । यसअघि सभापति देउवाकै पक्षमा रहेका वर्तमान उपसभापति बिमलेन्द्र निधि पनि सभापतिका दाबेदार हुन् । 





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार ८:५१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया