माओवादी प्रदेश–१ को सम्मेलन आज

नेकपा माओवादी केन्द्र प्रदेश–१ सम्मेलन आजबाट मोरङको सुन्दर हरैँचामा सुरु हुँदैछ । 

सम्मेलनको लागि प्रदेशका १३७ स्थानीय तहबाट १ हजार ८४ जना प्रतिनिधि चयन भएका छन् । पालिकामा रहेका पार्टी सदस्य संख्याको आधारमा पालिकाहरूबाट ६ सय प्रतिनिधि चयन भएका छन् । 

प्रदेश–१ का अध्यक्ष सुरेशकुमार राई (हिमाल) का अनुसार माओवादी केन्द्रले सबै स्थानीय तहबाट न्यूनतम ३ जना पर्नेगरी ५०० पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छानेको हो । 

सम्मेलनमा आयोजक समितिका ९७ जना, जेष्ठ कम्युनिष्ट मञ्च प्रदेश १ बाट ८० जना, प्रदेश सल्लाहकारहरु सय जना र विभागबाट ३२ जना सहभागी हुनेछन् । 

अधिवेशनको उद्घाटन सत्रपछि आज नै  दिन बन्दसत्र सुरु हुनेछ । ‘राजनीतिक र सांगठनिक प्रतिवेदनबारे आइतबार  बिहानसम्म बहस हुने र प्रतिवेदनहरू पारित हुने राईले बताए । 

१ हजार ८४ जनाले २६९ प्रतिनिधि छान्ने छन् । उनीहरूले ९ जना पदाधिकारी चुन्ने विधानत व्यवस्था छ । माओवादी केन्द्रको प्रदेश समितिमा अध्यक्ष, तीन जना  उपाध्यक्ष, एक जना सचिव, तीन सहसचिव र कोषाध्यक्ष रहनेछन् ।  





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार ९:३१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया