अझै प्रतिगमनको खतरा छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा अझै प्रतिगमनको खतरा रहेको चेतावनी दिएका छन् । शनिबार बुटवलमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै सचेत रहनु पर्ने बताए । 

इतिहासमा सीमित भइसकेको राजतन्त्र फर्काउने कोसिस भइरहेको भन्दै इतिहास अगाडि बढिसकेकाले पछाडि फर्किन सम्भव नभएको उनको भनाइ छ ।

समाजमा दलाल पुँजीवाद हावी भएको र कतिपय दलहरू त्यसैमा रमाइरहेको बताएका नेपालले दलाल पुँजीवाद हटाएर समाजवाद स्थापना गर्ने आफ्नो दलको अभिभारा रहेको‍ र यस अभिभारा पूरा गरेरै छाड्ने बताए ।  





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १०:४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया