कांग्रेस महाधिवेशन :  कल्याण गुरुङले गरे सभापतिमा उम्मेदवारी दर्ता
फरकधार / २५ मंसिर, २०७८

नेपाली कांग्रेसका नेता कल्याण गुरुङले सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । 



उनले सभापतिमा सबैभन्दा पहिला उम्मेदवारी दर्ता गराएका हुन् । उनी कांग्रेस केन्द्रीय सदस्य हुन् ।

कांग्रेसको महाधिवेशनमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । शनिबार बिहान १० बजेबाट सुरु भएको मनोनयन साँझ ५ बजेसम्म रहने कांग्रेसले जनाएको छ ।



कांग्रेसले सभापति पदका लागि मनोनयन दर्ता गर्न ३० हजार शुल्क तोकेको छ । उपसभापति र महामन्त्रीका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ ।



  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार ११:१५:५०,   अन्तिम अपडेट : मंसिर २५, २०७८ शनिबार ११:२९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया