नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदका लागि सुजाता कोइराला उपसभापतिमा लड्ने भएकी छन् । उनी संस्थापनइतर समूहबाट उपसभापतिमा प्रकाशमान सिंहको टिमबाट लड्ने भएकी हुन् ।
उम्मेदवारी घोषणाको अन्तिम समयमा आएर सुजता सिंहको समूहबाट उम्मेदवारी दिने भएकी हुन्। कांग्रेस महाधिवेशनको बन्दसत्र हिजो रातिबाटै सुरु भएको छ ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ ।
सुजता देउवा नेतृत्वको वर्तमान सरकारमा उपप्रधानमन्त्री हुन चाहन्थिन् तर, शंशाकले अघि नबढाएपछि उनी असन्तुष्ट थिइन् । सुजता सिंहको टिमबाट उठ्ने भएपछि कोइराला खेमामा विभाजन आएको छ ।
सुजाताले ‘शेखर र शशांक दुबै नेता होइन’ भनेर यसअघि नै भनिसकेकी छिन् । उनीहरूबीच यसअघि भने लञ्च मिटिङ पटकपटक भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।