नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले सहमहामन्त्री पदमा मनोनयन दर्ता गराएका छन् ।
उनले दलिततर्फको सहमहामन्त्री पदमा मनोनयन दर्ता गराएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उनी संस्थापन पक्षका हुन् ।
संस्थापन पक्षबाट मीन विश्वकर्मा पनि आकाङ्क्षी छन् । इतरपक्षबाट जीवन परियारले मनोनयन दर्ता गरेका छन् । कांग्रेसको १४औं महाधिवेशनमा आजबाट हुने निर्वाचन प्रक्रियाका लागि धमाधम नेताहरुले आ-आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् ।
कांग्रेसको महाधिवेशनमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । शनिबार बिहान १० बजेबाट सुरु भएको मनोनयन साँझ ५ बजेसम्म रहने काँग्रेसले जनाएको छ ।
कांग्रेसले सभापति पदका लागि मनोनयन दर्ता गर्न ३० हजार शुल्क तोकेको छ । उपसभापति र महामन्त्रीका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।