बस र भ्यान एकआपसमा ठाेक्किँदा एककाे मृत्यु, पाँच जना घाइते
सांकेतिक तस्बिर

झापामा बस र भ्यान एकआपसमा ठाेक्किँदा एककाे मृत्यु भएकाे छ भने पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-१ भागडुब्बाका चालक ३४ वर्षीय प्रमाेदचन्द्र उप्रेती रहेका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उप्रेतीकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

घाइते हुनेहरूमा वडा-१ कै ५५ वर्षीया किमारी निराैला, ५५ वर्षीया गीता घिमिरे, २९ वर्षीया रन्जिता निराैला, १७ वर्षीया दुर्गा घिमिरे र कचनकवल गाउँपालिका-१ निवासी १२ वर्षीय विशाल पाैडेल रहेका छन् ।

घाइतेहरूकाे विर्तामाेडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेकाे छ ।

आज बिहान बाह्रदशी गाउँपालिका-३ स्थित त्रिवेणी चोकमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १-०१-००१-ख ३५२४ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको मे १ च २२२६ नम्बरकाे भ्यान एकआपसमा ठाेक्किँदा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।



प्रहरीका अनुसार घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे छ ।
 



  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार ११:५०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया