नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको टिममा नपरेपछि उनी प्रकाशमान सिंहको टिमबाट महामन्त्रीमा लड्न लागेका हुन् ।
देउवानिकट मानिएका विश्वप्रकाश अहिले भने सिंहको टिमबाट महामन्त्रीमा उम्मेदवारी दिन लागेका हुन् ।
देउवाले विश्वप्रकाशलाई आफ्नो टिममा लिन अस्वीकार गरेका छन् । जसले गर्दा उनी प्रकाशमानको टिममा आएका हुन् ।
कांग्रेसको १४औं महाधिवेशनमा सभापतिलाई प्रकाशमानले छुट्टै प्यानल बनाएर उम्मेदवारी दिन लागेका छन् । त्यसका लागि उनी सुजाता कोइरालालाई आफ्नो प्यानलको उपसभापति बनाउन लागेका छन् । सुजाताले पनि सिंहको प्यालनबाट उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेकी छन् ।
१३ औं महाधिवेशनमा केन्द्रीय सदस्य बनेका विश्वप्रकाशलाई देउवाले नै पार्टी प्रवक्ता बनाएका थिए। आफ्नै गुटको मान्छे भन्दै विश्वप्रकाशलाई देउवाले हरेक कुरामा सहयोग गर्दै आएका थिए । तर, झापामा भएको जिल्ला अधिवेशन, पार्टीभित्र हरेक कुरामा विमति राख्नेजस्ता कारणले देउवाले उनलाई छोड्दै आएका थिए ।
झापाको जिल्ला अधिवेशनमा देउवा र कृष्णप्रसाद सिटौलाले एउटै प्यानल बनाउँदा विश्वप्रकाशले अलग्गै प्यानल बनाएका थिए । जसमा देउवा र सिटौला प्यानलका देउमान थेबे सभापतिमा विजयी हुँदा विश्वप्रकाशको प्यानलका राम कट्टेल सभापतिमा पराजित भएका थिए ।
त्यस्तै पार्टीभित्रका विभिन्न आन्तरिक कुराहरूमा समेत विश्वप्रकाशले असहमति जनाउँदै आएका थिए। । जसले गर्दा दुई जनाबीच तिक्तता बढेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।