कांग्रेस महाधिवेशन : अहिलेसम्म क-कसले गरे मनोनयन दर्ता ?

नेपाली कांग्रेसको सभापतिमा कल्याणकुमार गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । उनले केही समयअघि मात्र सभापतिमा मनोनयन दर्ता गराएका हुन् ।

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका गुरुङले धेरै अघि पत्रकार सम्मेलन गरेरै सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

सुरुमा संस्थापन पक्षमा रहेका गुरुङ पछि पौडेल समूहमा थिए । उनी कांग्रेस विभाजनपछि नेविसंघको अध्यक्षमा निर्वाचित भएका थिए ।

सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, वद्रि पाण्डे र फर्मुल्ला मन्सुर उम्मेदवारी दिएका छन् । केन्द्रीय निर्वाचन समितिबाट प्राप्त जानकारी मिडिया सेन्टर प्रमुख डा. सुरेश आचार्यले दिएका हुन् ।

उनका अनुसार केन्द्रीय सदस्यमा अपाङ्ग तर्फबाट तीन जना, अल्पसंख्यामा एक जना, मुस्लिममा एक जना, लुम्बिनीमा एक जना, गण्डकीमा एक जना, थारू महिलामा एक जना, बागमतीमा दुई जना, मधेसीमा चार जना, कर्णालीमा दुई जना, आदिवासी जनजातिमा ११ जना, खस आर्यमा १३ जना, दलितमा तीन जना, महिला तीन जना, खुल्लामा चार जनाको मात्रै मनोनयन दर्ता गरेका छन् ।





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १३:४५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया