नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिन लागेकी छिन् । प्रकाशमान सिंहले उम्मेदवारी घोषणा कार्यक्रम आयोजना गरेका छन् । उक्त कार्यक्रममार्फत सुजाताले प्रकाशमानको निकै प्रशंसा गरेकी छिन् ।
उनले प्रकाशमान सिंहसहित आफूहरूको प्यानललाई भोट दिन सबैमा आग्रह गरेकी छिन् । प्रकाशमान गणेशमानको छोरा मात्र नभएर पार्टी र देशको लागि उनको ठूलो योगदान रहेको भन्दै यसपटक आफुहरुलाई भाेट दिएर सहयाेग गर्न सबैमा आग्रह गरेकी हुन् ।
नेपाली कांग्रेस अहिलेसम्म बुढो पार्टीको रूपमा चिन्ने गरेको भन्दै अब नयाँ पुस्तालाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ । प्रकाशमान सिंहको नयाँ प्यानललाई सबैले विश्वास गरेर भोट दिन आग्रह गर्दै उनले भनिन्, 'पार्टीलाई अब नयाँ दिशाबाट अगाडि बढाउनुपर्छ । त्यसका लागि पुराना नेताहरूबाट सम्भव छैन् । अब नयाँ पुस्तालाई विश्वास गर्नुहोस् र भोट दिनुहोस् ।'
सुजाताले प्रकाशमान सिंहको प्यानलबाट उपसभापति पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । गिरिजाप्रसाद कोइराला पुत्री सुजाताले आफू प्रकाशमान सिंहको समूहबाट उम्मेदवारी दिने यसअघि नै बताएकी थिइन् । उनले घोषणा सभाबाट आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।