नेपाली कांग्रेसको सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका प्रकाशमान सिंहले विश्वप्रकाश शर्मालाई महामन्त्रीका लागि अनुरोध गरेका छन् ।
यसअघि शेखर कोइरालाको टिमबाट महामन्त्रीको उम्मेदवारी दिने तयारी गरेका थिए । शेखर टिमसँगको वार्ता असफल भएपछि उनी प्रकाशमानको टिममा लागेका हुन् ।
यस विषयमा अहिले प्रकाशमान र विश्वप्रकाशबीच छलफल चलिरहेको छ । यसअघि उनी सभापति शेरबहादुर देउवा समूहबाट पनि बाहिरिएका थिए । अहिले कांग्रेसको १४औं महाधिवेशनमा उम्मेदवारी मनोनयन जारी छ
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।