नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाको टिमबाट प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने पक्का भएको छ ।
पौडेलले फरकधारसँगको कुराकानीमा आफू सभापति देउवाको प्यानलबाट महामन्त्रीको उम्मेदवारी दिने जाने लागेको बताए ।
उनले भने, 'सभापति शेरबहादुर देउवा समूहबाट महामन्त्रीले उम्मेदवार भएँ, मनोनयन दर्ता गर्न जाँदै छु ।'
उनी कृष्णप्रसाद सिटौला समूहका हुन् । सिटौला समूहले देउवालाई सघाउने सहमति भएसँगै पौडेललाई महामन्त्री बनाउने भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।