कांग्रेस महाधिवेशन : यस्तो छ देउवाको टिम

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जारी १४औँ महाधिवेशनमा आफ्नो टिम तयार गरेका छन् । उनले अर्का नेता कृष्णप्रसाद सिटौलाको समूहलाई मिलाएर आफ्नो तयार गरेका हुन् । सभापतिमा देउवा निर्विकल्प उम्मेदवार छन् ।

उनले आफ्नो टिमबाट देउवाले उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्कालाई रोजेका छन् । त्यस्तै, महामन्त्रीको उम्मेदवारका लागि डा. प्रकाशशरण महत र प्रदीप पौडेललाई फाइनल गरेका छन् ।

देउवा समूहबाट सहमहामन्त्रीका उम्मेदवारमा आदिवासी जनजाति भीष्मराज आङ्देम्बे, दलितमा मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेशी महेन्द्र यादव, खस आर्यमा किशोरसिंह राठौर, थारूमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर, पिछडिएको क्षेत्रमा जीवन शाही रहेका छन् ।





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १६:१२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया