लोसपाको प्रदेश २ अध्यक्षमा जितेन्द्र सोनल

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रदेश २ को अध्यक्षमा पूर्वमन्त्री जितेन्द्र सोनललाई चयन गरेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरले शनिबार प्रदेश २ को अध्यक्षमा सोनललाई चयन गरेका हुन् । उनलाई लोसपा नेपालको अन्तरिम विधानअनुसार प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको हो । 

त्यस्तै, पार्टीका नेता रामविनोद चौधरी (पप्पु)लाई प्रदेश सचिवको जिम्मेवारी दिइएको छ । लोसपाले यसअघि शुक्रबार प्रदेश २ का धनुषा, महोत्तरी, पर्सा र बारा जिल्लामा जिल्ला अध्यक्ष चयन गरेको थियो । 

पार्टीको धनुषा जिल्ला अध्यक्षमा परमेश्वर साह, महोत्तरी जिल्ला अध्यक्षमा रामबाबु साह, बारामा नवल किशोर सिंह र पर्सामा पुरुषोत्तम झालाई मनोनयन गरिएको थियो ।





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १६:१३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया