कांग्रेस महाधिवेशन : १३ पदाधिकारीका लागि ३८ जनाको उम्मेदवारी दर्ता
फरकधार / २५ मंसिर, २०७८
यो सामग्री सेयर गर्नुहोस्

नेपाली कांग्रेस १४औँ महाधिवेशनअन्तर्गत मनोनयन दर्ता समय सकिएको छ । शनिबार बिहान ११ बजेपछि साँझ ५ बजेसम्म सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठसहित १३४ सदस्य पदका लागि मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको थियो । 



अपराह्न पौने ५ बजेसम्ममा १३ पदाधिकारीका लागि ३८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मनोनयनका लागि दिएको समयमा सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् । 



उपसभापतिमा पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार, धनराज गुरुङ, चन्द्र भण्डारी, महेश आचार्य, दिव्यश्वरी साह र सुजाता कोइरालाले उम्मेदवारी दिएका छन् । 



यसैगरी, महामन्त्री प्रकाशशरण महत, प्रदीप पौडेल, मीनेन्द्र रिजाल, गगनकुमार थापा, विश्वप्रकाश शर्मा र राजाराम कार्कीले उम्मेदवारी दिएका छन् । 



सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्री पाण्डे, फरमुल्लाह मन्सुर, सुरेन्द्रप्रसाद चौधरी, देवराज चालिसे, रञ्जित कर्ण, रामकृष्ण यादव, कमल पन्त, तेजुलाल चौधरी, किशोरसिंह राठाैर, विकास लामा, जीवन परियार, गंगा सुनार, महेन्द्र यादव, भीष्मराज आङ्देम्बे, जीवनबहादुर शाही, चेतराज बजाल, शेष वकिल र उमाकान्त चौधरीले उम्मेदवारी दर्ता गरेका छन् ।  





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १८:१४:५४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया