बझाङकाे थलारा गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

युनाइटेड मिसन टु नेपाल युएमएन र प्रगतिशील युवा समाजले बझाङ​काे थलारा गाउँपालिकालाई स्वास्थ्यसामग्री हस्तान्तरण गरेको छ । थलारा गाउँपालिकाको कार्यालयमा आज एक कार्यक्रमबीच प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसीले गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायलाई गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थालाई पुग्ने गरी स्वास्थ्यसामग्री हस्तान्तरण गरेका हुन् । 

दातृनिकाय कोर्डेट र मिसन काराको सहयोगमा कोभिड १९ स्वास्थ्य सुरक्षासम्बन्धी स्वास्थ्य सामग्री तथा उपकरण वितरण कार्यक्रम अन्तर्गत उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको युएमएनका परियोजना संयोजक इन्दिरा राइले बताइन् । गाउँपालिकाका रहेका स्वास्थ्य संस्थाहरुले माग गरेअनुसारका विभिन्न स्वास्थ्य सामग्री पालिकाका १० वटै स्वास्थ्य संस्थालाई पुग्नेगरी हस्तान्तरण गरिएको राईको भनाइ छ । 

थलारा गाँउपालिकामा रहेको स्वास्थ्य संस्थाले मागअनुसार सेन्सर सेनिटाइजर, स्ट्रेचर, नेवुलाइजर मेसिन, मास्क, सेनिटाइजर, हस्पिटल बेड, अक्सिजन कन्सर्नटेटर, डेलिभरी बेड, पिपिई सेट वासेबल र ननवासेबल, फुट स्टेप, आइजी स्टयान्ड, पेरिलाइट, तीन खालका डस्टबिन, बेबी वार्मर सोलार सेटलगायत स्वास्थ्यसामग्री हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले युएमएन र प्रगतिशील युवास समाजले साझेदारीमा गरेका काम प्रभावकारी भएको बताए । स्वास्थ्य सामग्रीले थलाराका स्वास्थ्य संस्थाको सेवा थप प्रभावकारी हुने उनले बताए । 

प्रगतिशील युवा समाजले विभिन्न परियोजनामार्फत शिक्षा, स्वास्थ्य, आर्यआर्जनको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेकाले गाउँपालिकालाई प्राप्त स्वास्थ्य सामग्रीले थप सहजता ल्याउने बताए । 





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १८:३१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया