कांग्रेस महाधिवेशन : पहिलो चरणमै विजयी हुने देउवाको दाबी

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनबाट फेरि सभापतिमा निर्वाचित हुने दाबी गरेका छन् ।

आफ्नो उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले पहिलो चरणबाट सभापतिमा निर्वाचित हुने दाबी गरेका छन् ।

उनले भने, 'सभापतिको निर्वाचनमा पहिलो चरणमा नै विजयी हुनेछु ।' आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिलाउन आफूले सभापतिको उम्मेदवारी दिएको उनले बताएका छन् ।

उनले मुलुकमा आफ्नो नेतृत्वमा आगामी निर्वाचनमा जादा पक्कै पार्टीको बहुमत आउने विश्वास दिलाए ।





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १९:०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया