पहिलो चरणमै प्यानलसहित विजयी हुन्छु : शेखर कोइराला
फरकधार / २५ मंसिर, २०७८
यो सामग्री सेयर गर्नुहोस्

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी र देशलाई बेहाल अवस्थाबाट मुक्त गराउन आफूले महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएको बताएका छन् ।



पार्टीको जारी १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएपछि नेता कोइरालाले आफ्नो सभापतिसहितको प्यानल विजयी हुने र पार्टीलाई नँया सोच, विचार र कार्यक्रममा साथ अघि बढाउने बताए  । ५१ प्रतिशतभन्दा बढी युवा महाधिवेशनको प्रतिनिधि भएकाले पहिलो चरणको निर्वाचनबाटै आफूहरूको प्यानल विजयी हुने उनको भनाइ थियो ।



‘देशको अवस्था बेहाल छ । पार्टीको अवस्था लथालिङ्ग छ । नयाँ सोच, विचार र कार्यक्रम लिएर अघि बढ्छौं । युवाको जोश र पाकाको होसले पार्टीलाई अगाडि बढाउँछौँ,' नेता कोइरालाले भने, 'आफूले युवासहितको प्यानल बनाएको र महाधिवेशनमा ५१ प्रतिशतभन्दा बढी प्रतिनिधि युवा भएकाले आफूहरूको प्यानल नै विजयी हुनेछ ।’









  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १९:८:५५,   अन्तिम अपडेट : मंसिर २५, २०७८ शनिबार १९:१५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया