निवासमै पुगेर पौडेललाई देउवाले भने– राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस्, स्वास्थ्य राम्रो राखेर बस्नुस्

कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । उनीहरूबीच गएराति पौडेलनिवास बोहराटारमा भेटवार्ता भएको हो । 

भेटमा देउवाले पौडेललाई राजनीतिबाट बाहिर हुने कुरा नगर्न र आफ्नो स्वास्थ्यको ख्याल गर्नु भनेर आग्रह गरेका पौडेलका प्रेस सल्लाहकार खिला कार्कीले बताए । 

जवाफमा पौडेलले महाधिवेशनमा सिद्धान्त आदर्शविपरीत अस्वस्थ प्रतिस्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको बताएका थिए । 

‘कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न हिजो राति प्रधानमन्त्री शेरबहादुर देउवा पौडेलनिवास पुग्नुभयो । देउवाले राष्ट्रका लागि तपाईंको आवश्यकता छ । राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस् र स्वास्थ्य राम्रो राखेर बस्नुस् भन्नुभयो,’ प्रेस सल्लाहकार कार्कीले भने, ‘पौडेलले महाधिवेशनमा मेरो सिद्धान्त आदर्शविपरीत अस्वस्थ प्रतिस्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको हुँ भन्नुभयो । महाधिवेशनलाई स्वस्थ प्रतिस्पर्धा रहनुभएका साथीहरूले कांग्रेसलाई कांग्रेस जस्तो बनाउनुस् भन्नुभयो ।’ 

जारी महाधिवेशनमा पौडेल सभापतिको उम्मेदवार छैनन् । प्रकाशमान सिंह र शेखर कोइराला सभापतिको दौडबाट पछि नहटेपछि पौडेलले उम्मेदवारी नदिएका हुन् । 

संस्थापन पक्षबाट भने यसपालि पनि देउवाले नै सभापति पदमा उम्मेदवारी दिएका छन् ।  
 





  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार ८:१७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया