रोनाल्डोको गोलमा युनाइटेडको कठिन जित
फरकधार / २६ मंसिर, २०७८

इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबारको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । कार्रो रोड स्टेडियममा युनाइटेडले घरेलु टोली नर्विच सिटीमाथि १-० कठिन जित निकालेको हो ।



 क्रिस्टियानो रोनाल्डोले गरेको एक मात्र  गोल युनाइटेडको जितमा निर्णायक बन्यो । रोनाल्डोले खेलको ७५ औं मिनेटमा  पेनाल्टीमार्फत गोल गरेका थिए ।

यो जितसँगै युनाइटेड १६ खेलबाट २७ अंक जोड्दै पाँचौं स्थानमा उक्लिँदा नर्विच १० अंकका साथ पुछारमा छ ।   





  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार ८:२४:१५,   अन्तिम अपडेट : मंसिर २६, २०७८ आइतबार ८:२५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया