नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका मीन विश्वकर्माले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । दलित खुलातर्फबाट शनिबार मनोनयन दर्ता गराएका उनले आज सो पदमा दिएको उम्मेदवारी फिर्ता लिएका हुन् ।
विश्वकर्माले केन्द्रीय निर्वाचन समितिलाई पत्र लेखेर उम्मेदवारको सूचीबाट नाम हटाइदिन आग्रह गरेका छन् । पाँचजना दलित खुला केन्द्रीय सदस्यका लागि २७ जनाले उम्मेदवारी दिएका थिए ।
उम्मेदवारहरूको मनोनयन फिर्ता लिने समय आज बिहान ११ बजेसम्म छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।