आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्विरोध चयन भएका छन् ।
प्रदेश–२ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ढुंगाना र रिजाल निर्विरोध चयन भएका हुन् ।
निर्वाचन समिति सदस्य तेज रावलका अनुसार यो क्लस्टरबाट जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि ढुंगाना र रिजाल सर्वसम्मत चयन भएका हुन् । निर्वाचित ढुंगाना र रिजाल दुवै संस्थापन पक्षका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।