माेदीको ट्विटर अकाउन्ट ह्याक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर अकाउन्ट ह्याक भएको छ । शनिबार ह्याकपछि राति करिव सवा दुई बजे मोदीको ट्विटर अकाउन्टबाट अनावश्यक ट्विट गरिएको थियो ।

 ‘भारतले आधिकारिक रुपमा विटक्वाइनलाई मान्य दिएको छ । सरकारले ५ सय बिटक्वाइन बाँड्दैछ,’ ह्याकपछि मोदीको अकाउन्टबाट ट्विट गरिएको थियो । तर, सो ट्विट दुई मिनेटपछि हटाइएको थियो । 

बिहान सबा तीन बजे प्रधानमन्त्रीको कार्यलयले मोदीको ट्विट अकाउन्ट ह्याक भएको जनाउदै केही समयमा नै ह्याकरबाट नियन्त्रणमा लिएको जनाएको थियो । प्रधानमन्त्रीको ट्विटर ह्याकबारे अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 
 





  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार ११:५६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया