इंग्ल्यान्डलाई आइसिसीकाे जरिवाना

एसेज सिरिजअन्तर्गत अस्ट्रेलिया विरुद्धको पहिलो खेलमा स्लो ओभर बलिङका कारण आइसिसीले इंग्ल्यान्डलाई जरिवाना लगाएको छ । 

आइसिसीको विज्ञप्ति अनुसार इंग्ल्यान्डले तोकिएको समयमा पाँच ओभर कम बलिङ गरेको भन्दै म्याच फिकाे १०० प्रतिशत जरिवाना तोक्नुका साथै आइसिसी टेस्ट च्याम्पियनसिपमा ५ अंक घटाएको छ । 

आइसिसी एलिट प्यानलका रेफ्री डेविड बुनले यो फैसला सुनाएका हुन् । यो खेलमा अस्ट्रेलियाले ९ विकेटको सहज जित हात पारेको थियो । 

कसरी यो जरिवाना तोकियो ?

आइसिसी टेस्ट च्याम्पियनसिपको अनुच्छेद १६.११.२ का अनुसार तय भएको समयभित्र निश्चित ओभर पूरा गर्न नसकेको खण्डमा प्रत्येक ओभर बराबर १ अंक घटाइने प्रावधान छ । त्यसैले इंग्ल्यान्डले निर्धारित समयमा पाँच ओभर कम बलिङ गरेको हुँदा टेस्ट च्याम्पियनसिपमा उसको ५ अंक घटाइएको हो । 

त्यस्तै आइसिसी आचार संहिताको अनुच्छेद २.२२ (न्युनतम ओभर गतिसँग सम्बन्धित) का अनुसार निर्धारित समयमा पूरा ओभर बलिङ गर्न नसेकामा प्रत्येक ओभर बराबर म्याच फिको २० प्रतिशत जरिवाना लगाइने प्रावधान छ । त्यसैले इंग्ल्यान्डलाई म्याच फिको १०० प्रतिशत जरिवाना लगाइएको हो । 



ट्रेविस हेडलाई पनि जरिवाना

आइसिसीले अस्ट्रेलियालाई पहिलो खेल जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका ब्याटर ट्रेविस हेडलाई पनि म्याच फिको १५ प्रतिशत जरिवान लागएको छ ।



हेडले आइसिसी आचार संहिताको अनुच्छेद २.३ उल्लंघन गरेको बताइएको छ । यो कुनै पनि अन्तर्राष्ट्रिय खेलका दौरान अपशब्द (अभद्र भाषा) प्रयोग गर्नेसँग सम्बन्धित छ ।
 
योसँगै हेडले १ डिमोटिभ प्वाइट पाएका छन् । अब हेडले अगामी २४ महिनाभित्र अर्को डिमोटिभ प्वाइन्ट प्राप्त गरेको खण्डमा अन्तर्राष्ट्रिय खेल गुमाउने छन् ।

आइसिसीको नियम अनुसार कुनै पनि खेलाडीले २४ महिनाभित्र २ डिमोटिभ प्वाइन्ट प्राप्त गरेको खण्डमा १ टेस्ट वा समान २-२ एकदिवसीय वा टि-२० अन्तर्राष्ट्रिय खेल गुमाउने प्रावधान छ ।   
      
 

  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार १२:४१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया