सिटौलाको प्रश्न - शेरबहादुरमा के बिग्रिएको छ र निरन्तरता नदिने ?

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवालाई मत मागेका छन् । आइतबार कमल पोखरीमा गरिएको महाधिवेशन लक्षित कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले आगामी निर्वाचनमा बहुमत ल्याउन देउवालाई जिताउनै पर्ने बताएका हुन् ।

महाधिवेशन हारेको प्रधानमन्त्री लिएर निर्वाचनमा जान नसकिने तर्क गर्दै उनले प्रश्न गरे, 'हामी निर्वाचनमा हारेको प्रधानमन्त्री लिएर जानेकी जितेको ?  उच्च मनोबल भएको प्रधानमन्त्री लिएर जाने । हारेको प्रधानमन्त्री कसरी निर्वाचनमा जान सक्छ ? शेरबहादुरमा के बिग्रिएको छ र निरन्तरता नदिने ?'

आउने निर्वाचनमा कांग्रेसलाई जिताउने उम्मेदवारलाई निर्वाचित गराउनु पर्ने उनको भनाइ थियो । उनले महाधिवेशन प्रतिनिधिलाई सेन्टिमेन्टबाट निर्णय नलिन आग्रह गरे ।

उनले गत निर्वाचनमा कांग्रेसको पराजय वाम गठबन्धनका कारण भएको आरोप लगाए । वाम गठबन्धनका कारण देशमा त्रास र भष्टाचार फैलिएको उनको भनाइ छ ।





  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार १७:२४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया