एमाले लुम्बिनी इन्चार्जमा छविलाल विश्वकर्मा

नेककपा एमालेले लुम्बिनी प्रदेश इन्चार्जमा छविलाल विश्वकर्मालाई नियुक्त गरेको छ । एमाले केन्द्रीय कमिटी बैठकले उनलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो । 

रूपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित पूर्वमन्त्री विक हाल एमाले सचिव पनि हुन् । महाधिवेशन अगाडिसम्म जिम्मेवारीविहीनजस्तै रहेका उनलाई 
एमाले अध्यक्ष केपी ओलीले प्रदेश इन्चार्जमा प्रस्ताव गरेका थिए ।  

यस्तै, प्रदेशको सह–इन्चार्जमा खिमलाल भट्टराई, लीला गिरी, दधिराम न्यौपाने, बैजनाथ चौधरी र दलबहादुर राना तोकिएका छन् ।





  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार १८:४८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया