देउवाकाे अभिव्यक्तिले खल्लाे र निराश बनायो : शेखर कोइराला
फरकधार / २६ मंसिर, २०७८
यो सामग्री सेयर गर्नुहोस्

नेपाली कांग्रेसकाे सभापति पदका उम्मेदवार डा. शेखर काेइरालाले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले `पराजय भए प्रधानमन्त्री पदबाट हटाउँछन्´ भन्ने अभिव्यक्तिकाे खण्डन गरेका छन् । 



देउवाकाे उक्त अभिव्यक्तिले `खल्लाे र निराश´ बनाएकाे बताए । 



काठमाडौंकाे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आइतबार पत्रकार सम्मेलन गरी उनले भने, `भाेट माग्ने क्रममा देशकाे प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवाले म सभापतिमा पराजित भए प्रधानमन्त्रीबाट हटाउँछन् भन्नू भएछ । यसाे भनेर खल्लाे पारिदिनुभयाे । निराश पारिदिनुभयाे । म प्रण गर्छु, नतिजाले सरकार परिवर्तन हुन्छ ।´



सभापति पदमा निर्वाचन जितेकाे अवस्थामा वर्तमान सत्ता गठबन्धनलाई अझ सुदृढ बनाएर निर्वाचनमा हाेमिने बताए । 



निर्वाचनलगत्तै गुटबन्दी र भागबण्डारहितकाे कांग्रेस बनाउने र तीनवटै तहकाे निर्वाचनमा कांग्रेसलाई विजयी हासिल गराउने उनकाे भनाइ छ । पार्टी संगठनलाई मजबुत बनाउने पनि बताए ।

`कांग्रेसमा भ्रातृ संस्थाहरूकाे भूमिका महत्त्वपूर्ण छ । सुदृढ गर्ने जिम्मा हामी लिन्छाैं। क्रियाशील र जिम्मेवार बनाउने प्रण गर्छाैं´, डा. काेइरालाले भने ।



पार्टीलाई जवाफदेहिता र निर्णयलाई पारदर्शिता बनाइने दाबी गरेका छन् । आफू नेतृत्वको प्यानललाई वरिष्ठ नेता रामचन्द्र पाैडेल र महामन्त्री शशांक काेइरालाकाे आशीर्वाद रहेकाे पनि बताए ।



  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार १८:५३:२३,   अन्तिम अपडेट : मंसिर २६, २०७८ आइतबार १८:५५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया