कांग्रेस महाधिवेशन : सहभागीलाई खुवाउन कलकत्ताबाट ल्याइयो माछा

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सहभागीको भोजनका लागि दैनिक दुई हजार ४०० केजी माछा कलकत्ताबाट आयात गरिएको छ । 

मंसिर २४ गतेदेखि कांग्रेसको महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । भोजनको प्रबन्ध दियालो र अनुपम फुडल्याण्डले संयुक्त रुपमा गरेका छन् । दियालो फुडल्याण्डका प्रबन्ध निर्देशक खोमराज खरालले दैनिक छ हजार व्यक्तिलाई तीन छाक भोजन खुवाउने गरेको र माछा साकाहारीले समेत खाने हुँदा माछाको खपत बढेको बताए । 

कांग्रेसको महाधिवेशनभर करिब १० टन माछा खपत हुने अनुमान छ । अधिवेशनमा दैनिक ८०० केजी कुखुरा र ८०० केजी खसीको मासु खपत हुने गरेको छ । अधिवेशनको बिहान नास्ताका लागि झन्डै १२ हजार अण्डा खपत भएको थियो । अधिवेशनमा दैनिक छ हजार व्यक्तिका लागि भोजन तयारी  गरिएको छ । 

प्रतिदिन प्रतिव्यक्ति रु दुई हजार २०० का दरले बिहानको नास्ता र दुई छाक खाना खुवाउनुपर्ने सम्झौता भएको दियालो फुडल्याण्डका अध्यक्ष जनप्रकाश चापागाईंले जानकारी दिए । खानामा साकाहारी र मांशहारी दुवै थरीका भोजन तयार गरिँदै आएको बताइन्छ ।





  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार १९:४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया