कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसको सुरुआत, राष्ट्रपति भण्डारीबाट समुद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको बहुप्रतीक्षित एमबिबिएसलगायत शैक्षिक कार्यक्रमको आइतबार जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा शुभारम्भ गरेकी छन् ।

एमबिबिएस पढाइको शुभारम्भ गर्ने क्रममा उनले यहाँका विद्यार्थीले आफ्नै घरमा बसेर उच्चस्तरीय मेडिकल शिक्षा पढ्न पाउनुपर्छ भन्दै गरेको प्रयास सार्थक भएको बताइन् । 

सो अवसरमा उनले रु ७६ करोड लागतमा निर्माण हुन लागेका चिकित्सा शिक्षाको शैक्षिक भवनको समेत शिलान्यास गरेको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले शुभारम्भ गरेपश्चात् आजबाट एमबिबिएस, बिफार्म, बिएनएस, बिएमएसलगायत शैक्षिक कार्यक्रमको औपचारिक पढाइ सुरु भएको उपकुलपति डा.रावलले बताए ।

कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख तिलक परियार, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, राज्यमन्त्री भवानीप्रसाद खापुङ, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरी, डा.गुणराज लोहनी र डा. रमेश ढकालको सहभागिता थियो ।





  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार १९:७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया