जर्मन सरकारले दिएको १९ लाख डोज मोडर्ना खोप काठमाडौं आइपुग्यो

जर्मन सरकारले उपलब्ध गराएको कोभिड–१९ विरुद्धको १९ लाख ६५ हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको छ । जर्मन सरकारले कोभ्याक्स सुविधामार्फत उक्त खोप उपलब्ध गराएको थियो । 

उक्त खोप आज काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति महाशाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिए । 

यसअघि नेपालले १६ लाख ८५ हजार ६०० डोज मोडर्ना खोप प्राप्त गरेको थियो । योसँगै नेपालले ३६ लाख ५० हजार ६ सय डोज मोडर्ना खोप प्राप्त गरिसकेको छ । पहिलो खेपमा १ लाख ८८ हजार ४०० र दोस्रो खेपमा १४ लाख ९७ हजार २०० डोज मोडर्ना खोप नेपाल आएको थियो । 

कोभ्याक्स सुविधामार्फत प्राप्त भएको उक्त खोप नेपालले १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिइनेछ । यहि पुस ४ गतेदेखि १४ गतेसम्म ५७ जिल्लाका उक्त उमेर समूहका बालबालिकालाई खोप दिने योजना रहेको प्रमुख डा. चौरसियाले बताए ।





  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार १९:२८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया